दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै « Khabarhub

दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ । 

घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो । पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर उपेन्द्र दासले तीन करोड ५० लाखको लागतमा तीन वर्षभित्र पुल निर्माण गर्नेगरी रायमाझी निर्माण सेवा प्रालि काठमाडौँले काम सुरु गरेको जानकारी दिए ।

उनले ७० मिटर लम्बाइ र २० दशमलव पाँच मिटर चौडाइको पुल बनिरहेको बताए। 

यहाँ पुल नहुँदा बर्सातको समयमा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । पुल निर्माण सुरु भएपछि स्थानीय तथा यात्रुहरू खुसी भएका छन् । तुलसीपुर निवासी रामचन्द्र केसीले भने, ‘बर्सातमा भेल आउँदा वारपार गर्न निकै समस्या हुने गरेको छ । पुल निर्माण सुरु भएपछि समस्या समाधान हुनेछ । निर्धारित समयमै पुल निर्माण गर्न हाम्रो आग्रह छ ।’

घोराही–तुलसीपुर सडकखण्डका अधिकांश खोलामा पुल बनिसकेका छन् । सेवार खोला र हापुर खोलामा पुल निर्माण गर्न बाँकी छ । सेवार खोलामा पुल निर्माण सुरु भए पनि हापुर खोलामा कहिले पुल निर्माण हुने हो टुङ्गो छैन । 

यसअघि तुलसीपुर–लमही सडकखण्डअन्तर्गत कटुवा खोला, बबई खोला, गुर्जे खोला, सिस्ने खोला, पत्रे खोला, कालाखोला, ग्वारखोला र सक्राम खोलामा पुल निर्माण भइसकेका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : ५२ बजे

९ महिनामा साढे १६ खर्ब बढी भित्रियो रेमिट्यान्स, झण्डै ३५ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति पुग्यो

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा विप्रेषण आप्रवाह ३९.१

नीति तथा कार्यक्रम : डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि डिजिटल सामग्री तथा

अमेरिकाको टेक्सासमा रेलको डिब्बाभित्र छ जनाको मृत शरीर भेटियो

एजेन्सी– अमेरिकाको दक्षिणी टेक्सासमा आइतबार एक कार्गो रेलको एउटा ‘डिब्बा’

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस