एमालेका मन्त्रीले राजीनामा दिँदै, सरकारको समर्थन पनि फिर्ता लिइने « Khabarhub

एमालेका मन्त्रीले राजीनामा दिँदै, सरकारको समर्थन पनि फिर्ता लिइने


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा तयारी गरेका छन् ।

नयाँ समीकरण बनिसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि दबाब दिन एमालेका आठैजना मन्त्रीलाई राजीनामा गराउन लागिएको हो ।

एमालेबाट सरकारमा रहेका सबै मन्त्रीलाई राजीनामा गराइसकेपछि सरकालाई दिएको समर्थन पनि फिर्ता लिइने भएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन भनेको थियो ।

तर, प्रचण्डले राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनासम्म कुर्ने अडान लिएका छन् । प्रचण्डले राजीनामा नदिई अडानमा बसिरहेपछि एमालेले आफ्ना सबै मन्त्रीलाई राजीनामा गराउन लागेको हो ।

‘प्रधानमन्त्री प्रचण्डले केही दिनमै संसद्‍मा सम्बोधन गरेर राजीनामा दिने कुरा आएको छ’, एकजना मन्त्रीले खबरहबलाई भने, ‘यदि प्रचण्डले केही दिनमै बहिर्गमनको निर्णय लिने अवस्थामा आएमा त्यहीअनुसार रणनीति बन्छ । प्रधानमन्त्रीको सजिलै बहिर्गमनको अवस्था नभएपछि सबै मन्त्रीले राजीनामा दिँदैछौँ ।’

यही सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको छ । एमाले-कांग्रेस सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित छ । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरी सहमति जुटिसकेको छ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ०९ बजे

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

जनकपुरधाम– धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै

एनसेलको आम्दानीको ६० प्रतिशत हिस्सा राज्य कोषमा

काठमाडौं– निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायमा आएको

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको