कृष्णसार संरक्षणमा प्रदेश सरकार गम्भीर बन्नु पर्नेमा जोड « Khabarhub

कृष्णसार संरक्षणमा प्रदेश सरकार गम्भीर बन्नु पर्नेमा जोड


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बर्दिया – लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अनुगमन गरेको छ । संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत कृष्णसारको प्राकृतिक बासस्थान क्षेत्र नास हुन थालेको गुनासो बढेपछि समितिको टोलीले आज त्यस क्षेत्रको अवलोकन भ्रमण गरेको हो ।

लुम्बिनी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक तुलसी चौधरीले कृष्णसारलाई बाह्य जनावरको आक्रमणबाट जोगाउन आवश्यक रहेको बताए। कृष्णसारको संरक्षण र प्रवद्धनमा स्थानीय सरकारको अहम् भूमिका रहने उल्लेख गर्दै उनले त्यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिए।

“कृष्णसारको प्रचारप्रसार र संरक्षण गरी पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन जरूरी छ । त्यसका साथै यहाँ आउने पर्यटकलाई केही दिन टिकाउनसक्ने पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकमार्फत स्थानीय समुदायको आयआर्जन बढाउने गरी सरकारले पहल गर्नुपर्छ”, उनले भने ।

नेपाली कांग्रेस, लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले कृष्णसार संरक्षण क्षेत्रको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । उनले बासस्थान क्षेत्रमा घाँसेमैदान व्यवस्थापन र मिचाहा प्रजातिको न्यूनीकरण आवश्यक देखिएकाले कृष्णसारको बासस्थान क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख सूर्य खड्काले त्यहाँको अवस्थाबारे जानकारी गराएका हुन् । उनले स्याल, चितुवालगायत भुस्याहा कुकुरको आक्रमणका कारण कृष्णसार संरक्षणमा चुनौती रहेको बताए । हाल खेरापुर क्षेत्रमा दुई सय २४ कृष्णसार रहेका जानकारी दिँदै उनले संरक्षण क्षेत्रको अतिक्रमित बस्ती व्यवस्थापन नहुँदा समस्या भएको बताए ।

खड्काले भने, “संरक्षण क्षेत्रभित्र व्यवस्थापन गर्नुपर्ने बासस्थान ९गोठ०को सङ्ख्या एक सय ४२ रहेकामा हाल त्यो सङ्ख्या एक सय ९६ पुगेको छ । तिनको व्यवस्थापनका साथै यहाँ पर्या–पर्यटन प्रवर्द्धनका लागि कार्यालयले योजना बनाएको छ । आगामी वर्ष सोही योजनाअनुरुप काम अघि बढाउँछौँ ।”

अनुगमनमा समितिका सभापति लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, जन्मजय तिमिल्सिना, तुलसीप्रसाद चौधरी, खेमबहादुर सारु, भगवती चौधरी र तुलसीराम शर्मा रहेका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : १२ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन