महामन्त्री निस्किन खोजेपछि रविले गरे बैठक स्थगित « Khabarhub

महामन्त्री निस्किन खोजेपछि रविले गरे बैठक स्थगित


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएकाे छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि सभापति रवि लामिछानेले केहीबेरका लागि बैठक स्थगित गरेका हुन् ।

आज बसेको बैठकमा ३८ जिल्ला पुगेर महामन्त्री  ढकालले ल्याएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भइरहेको छ । बैठकमा सहभागी एक एक नेताका अनुसार आज सबैजसो बोल्ने वक्ताहरुले महामन्त्री केन्द्रित कुराकानी गरिरहेका थिए । उनको कार्यशैलीप्रति तीव्र असन्तुष्ट जनाउँदै नेताहरुले प्रतिक्रिया दिएका थिए।

बैठकमा सहभागी एक नेताले खबर हबलाई भने, ‘आज दिनभरि बैठकमा महामन्त्रीको कार्यशैली र व्यवहारप्रति प्रश्न उठ्यो। आज सबैजस्तो वक्ता बोल्दै गर्दाखेरि महामन्त्रीको व्यवहारप्रति नै लक्षित थियो। उपसभापतिहरूले बोलिसकेपछि सभापतिले महामन्त्रीलाई आज उठेका प्रश्नहरूको जवाफ दिन भन्नुभयो महामन्त्रीले म बोल्दिन भनेर आज उहाँले मिडियामा सार्वजनिक गरेको डकुमेन्ट आफूले नपढी अरुलाई नै पढ्न लगाउन खोज्नुभयो त्यस क्रममा केन्द्रीय सदस्यहरूले उठेको प्रश्नको जवाफ महामन्त्री स्वयंले दिनुपर्छ। मिडियामा बोल्न दिएन भन्ने यहाँ चाहिँ बोल्न दिँदा पनि नदिने भनेर प्रश्नहरु उठाइसकेपछि महामन्त्री म एकछिन निस्किन्छु भनेर निस्किन खोज्दै गर्दाखेरि सभापतिले एकछिनलाई बैठक स्थगित गर्नुभएको छ।’

यता महामन्त्री ढकाल भने आफूलाई केन्द्रीय समितिको बैठकको लाइभ गर्न भनेको नगरिएकाे र आफ्नो वाक स्वतन्त्रता हनन भएको बताइरहेका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : २७ बजे

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर