महामन्त्री निस्किन खोजेपछि रविले गरे बैठक स्थगित « Khabarhub

महामन्त्री निस्किन खोजेपछि रविले गरे बैठक स्थगित


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएकाे छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि सभापति रवि लामिछानेले केहीबेरका लागि बैठक स्थगित गरेका हुन् ।

आज बसेको बैठकमा ३८ जिल्ला पुगेर महामन्त्री  ढकालले ल्याएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भइरहेको छ । बैठकमा सहभागी एक एक नेताका अनुसार आज सबैजसो बोल्ने वक्ताहरुले महामन्त्री केन्द्रित कुराकानी गरिरहेका थिए । उनको कार्यशैलीप्रति तीव्र असन्तुष्ट जनाउँदै नेताहरुले प्रतिक्रिया दिएका थिए।

बैठकमा सहभागी एक नेताले खबर हबलाई भने, ‘आज दिनभरि बैठकमा महामन्त्रीको कार्यशैली र व्यवहारप्रति प्रश्न उठ्यो। आज सबैजस्तो वक्ता बोल्दै गर्दाखेरि महामन्त्रीको व्यवहारप्रति नै लक्षित थियो। उपसभापतिहरूले बोलिसकेपछि सभापतिले महामन्त्रीलाई आज उठेका प्रश्नहरूको जवाफ दिन भन्नुभयो महामन्त्रीले म बोल्दिन भनेर आज उहाँले मिडियामा सार्वजनिक गरेको डकुमेन्ट आफूले नपढी अरुलाई नै पढ्न लगाउन खोज्नुभयो त्यस क्रममा केन्द्रीय सदस्यहरूले उठेको प्रश्नको जवाफ महामन्त्री स्वयंले दिनुपर्छ। मिडियामा बोल्न दिएन भन्ने यहाँ चाहिँ बोल्न दिँदा पनि नदिने भनेर प्रश्नहरु उठाइसकेपछि महामन्त्री म एकछिन निस्किन्छु भनेर निस्किन खोज्दै गर्दाखेरि सभापतिले एकछिनलाई बैठक स्थगित गर्नुभएको छ।’

यता महामन्त्री ढकाल भने आफूलाई केन्द्रीय समितिको बैठकको लाइभ गर्न भनेको नगरिएकाे र आफ्नो वाक स्वतन्त्रता हनन भएको बताइरहेका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : २७ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र