काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु « Khabarhub

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको आज मृत्यु भएको छ । काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएका थिए ।

तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उनको शव फेला पारेको मसुरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश सरकार, प्रदेश आपत्कालीन सञ्चालन केन्द्रका अनुसार वर्षासँगै नदी तथा खोलामा बढेको पानीको बहावका कारण कैलालीको घोडाघोडी नगरपालिकाको चुड्डीकाँडा नदीको काठेपुल, र डोडा नदीको काठे पुल बगाएको छ ।

पुल बगाउँदा आवागमन बन्द भएको छ । वर्षासँगै भजनी नगरपालिका, कैलारी गाउँपालिका क्षेत्रमा बाढी बस्तीमा पसेपछि १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार नजिकैको अग्लो स्थानमा रहेको आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

धनगढी उपमहानगरपालिकाको शिवनगर, वसन्त टोललगायत बस्ती जलमग्न भई कतिपय परिवारको घरमा पानी पसेको छ । वर्षासँगैको डुबानले जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभागका बस्ती प्रभावित भएका छन् । अविरलको वर्षापछि जिल्लाका मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : ३२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५