मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना « Khabarhub

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडाैं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई आठ लाख रूपैयाँ जरिवाना गराएको छ । महानगरले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो ।

मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालु भइ सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याचरलट नं–२ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ । यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

प्रमुख न्यौपानेका अनुसार विसं २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच÷लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच÷लट नं ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएकाले जरिवाना गराइएको हो । यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रा लि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् ।

विसं २०८० माघमा उत्पादन भएको, ब्याचरलट नं १० को फेमिली ब्रान्डको आयातीत तोरीबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको प्रमुख न्यौपानेले जानकारी दिए। यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो ।

उक्त ब्रान्डहरुको नमूना परीक्षणका लागि कामपाले गत वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि उक्त ब्रान्डहरुलाई कारबाही गरिएको हो ।

“नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ । यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो”, प्रमुख न्यौपानेले भनृ । मिसावट भेटिएका उक्त तेल तीन दिनभित्र फिर्ता ल्याएर तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई कामपाले पत्राचार गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : ५३ बजे

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।