महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी « Khabarhub

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही गर्ने तयारी गरेको छ।

उनलाई पार्टीबाट तत्काल बर्खास्त नगर्ने तर सामान्य कुनै जिम्मेवारीमा हेरफेर गर्ने गरी कारबाही हुनसक्ने केन्द्रीय समितिको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘हाम्रो पार्टीमा सबैको विचार समान हुँदैन् । कसैले अलि आक्रमक विचार राख्दैमा पार्टीले बर्खास्त गर्ने र पार्टी पार्टीबाट नै निकाल्ने हुँदैन’ बैठकमा सहभागी एक नेताले भने, ‘सामान्य खालको केही कारबाही गर्न गर्नेसम्म हुनसक्छ ।’

महामन्त्री ढकालले आज बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाइरहेका छन्।

यति मात्र होइन बाहिर पत्रकारहरूसँग कुरा गर्दै ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको बताइरहेका छन्।

रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा पनि उनले प्रश्न उठाएका छन्।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ११ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया