काभा महिला भलिवल : आज नेपाल र भारत भिड्ने « Khabarhub

काभा महिला भलिवल : आज नेपाल र भारत भिड्ने


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा भारत तेस्रो जितको खोजीमा हुनेछ । यसअघि बिहीबार भएको उद्घाटन खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । नेपाल ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, भारतले भने इरान र माल्दिभ्सलाई पराजित गरेर ६ अंक हासिल गर्दै शीर्षस्थानमा रहेको छ ।

आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ सवा ५ बजे इरानसँग खेल्ने छ । त्यस्तै लिगचरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ८ : १३ बजे

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५