अन्तर्राष्ट्रिय

पाकिस्तानमा कर वृद्धिले औषधि क्षेत्र प्रभावित

By खबरहब

August 03, 2024

काठमाडौँ– पाकिस्तान सरकारले कर वृद्धि गरेका कारण त्यहाँको स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित हुने चिन्ता उत्पन्न भएको छ । सरकारले लागू गरेको करवृद्धिका कारण खासगरी औषधि उत्पादकहरु मारमा परेका छन् ।

सरकारले कर बढाएका कारण औषधि उत्पादन ५० प्रतिशतसम्म घटेको कराँचीमा रहेको एउटा औषधि उद्योगका प्रमुख कार्यकारी मोहम्मद बिलालले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले औषधिको उत्पादन घटेका कारण वितरकले पनि समस्या भोग्नुपरेको जनाएका छन् । यसबाट औषधिको आपूर्ति नै प्रभावित भएको उनको भनाइ छ ।

पछिल्लो समय औषधि वितरकले कामदार पनि कटौती गर्न थालेकोसमेत उनले बताएका छन् । सरकारले बढाएको करका कारण एन्टिबायोटिकको मूल्य १ सय ८० पाकिस्तानी रुपैयाँबाट बढेर ३ सय रुपैयाँसम्म पुगेको एएनआईले जनाएको छ ।