खेलकुद

काभा बिच भलिबल : महिला र पुरुष दुवैमा नेपाल फाइनलमा

By खबरहब

August 03, 2024

काठमाडौँ– नेपालको महिला तथा पुरुष राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । महिलातर्फ कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेका हुन् ।

भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अङ्कले हराएको हो ।

यस्तै, पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पनि फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्ससँग भएको सेमिफाइनलमा २१–१० र २१–१६ को सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।