इजरायल जोगाउन सबै शक्ति मध्यपूर्व केन्द्रित गर्ने अमेरिकी घोषणा « Khabarhub

मध्यपूर्व तनाव

इजरायल जोगाउन सबै शक्ति मध्यपूर्व केन्द्रित गर्ने अमेरिकी घोषणा


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा तनाव बढेपछि अमेरिकाले त्यसतर्फ थप लडाकु विमान र युद्धपोत पठाउने भएको छ । इजरायलको रक्षाका लागि अमेरिकाले आफ्नो जल, थल र वायु सैन्य शक्तिलाई मध्यपूर्वमा केन्द्रित गर्न लागेको हो ।

इरान, यमन र लेबनान लगायत छिमेकी मुलुक तथा त्यहाँ सक्रिय लडाकु समूहहरूसँग हाल इजरायलको तनाव थप बढेको छ ।

गाजापट्टीमा प्यालेस्टाइनी समूह हमासलाई निमिट्यान्न पार्ने लक्ष्यसाथ गरेको आक्रमणको प्रभाव अरब मुलुकसम्म विस्तार भएपछि यतिखेर इजरायलको चौतर्फी मोर्चामा लड्नुपर्ने अवस्थामा पुगेको छ ।

स्थिति थप खराब बनेपछि अमेरिकी रक्षा विभाग पेन्टागनले इरान र उसका सहयोगीहरूको हमलाबाट इजरायललाई रक्षा गर्न मध्यपूर्वमा थप लडाकु जहाज र विमान तैनाथ गरिने जनाएको हो ।

इरानमा हमासका शीर्ष नेता इस्माइल हनिया र हिज्बुल्लाह कमााण्डर मारिएपछि सो क्षेत्रमा तनाव बढिरहेको छ । इरान र उसका प्रोक्सी समूहहरूले इजरायलमा मिसाइल हमला गर्नसक्ने जोखिम बढेसँगै अमेरिकाले मिसाइल प्रतिरक्षा शक्तिलाई तयारी अवस्थामा राखिएको जानकारी दिएको छ । इजरायलको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा द‍ृढ रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्‌ ।

इस्माइल हनियाको हत्यापश्चात्‌ इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनेईले इजरायललाई सबक सिकाउने कसम खाएका छन्‌ । उनले इरानमा तीन दिने राष्ट्रिय शोक पनि घोषणा गरेका छन्‌ ।

बुधबार इरानमा इजरायली खुफिया आक्रमणमा परी हमास नेता हनिया मारिएका थिए । इरान र गाजामा रहेका उसका सहयोगीहरूले हनियाको हत्यामा इजरायल जिम्मेवार रहेको जनाएको छ । सो घटनाबारे इजरायल भने हालसम्म मौन छ ।

६२ वर्षीय इस्माइल हनिया हमासका लोकप्रिय शीर्ष नेता थिए । गाजामा युद्धविरामका लागि भइरहेको वार्तामा उनको महत्वपूर्ण भूमिका थियो ।

इजरायलले लेबनानमा हिज्बुल्लाहका सैन्य कमाण्डरलाई मारेको दाबी गरेको केही घण्टाभित्रै इरानको राजधानी तेहरानमा हनियाको हत्या भएको थियो ।

पेन्टागनले विज्ञप्ति जारी गर्दै इजरायलको सुरक्षाका लागि सैन्य तैनाथी बढाउने जनाएको हो । साथै, इजरायलका लागि सहयोग बढाउने र आक्रमण भइहाले जवाफी कारबाहीका लागि तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अप्रिलमा इरानले इजरायलमााथि ड्रोन हमला गरेपछि पनि अमेरिकाले मध्यपूर्वमा सैन्य तैनाथी बढाएको थियो । इजरायल र उसका सहयोगीहरूले इरान तर्फबाट प्रहार गरिएका ३०० भन्दा बढी ड्रोन निष्क्रिय पारेको जनाएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १ : १४ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले