अग्निपीडितलाई आर्थिक सहयोग « Khabarhub

अग्निपीडितलाई आर्थिक सहयोग


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बोदेबरसाइन– सप्तरी उद्योग वाणिज्य सङ्घ राजविराजले अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।

सङ्घले आज एक कार्यक्रम आयोजना गरी गत असार ३१ गते बोदेबरसाइन नगरपालिका–५ मा जिबिएन मोबाइल एण्ड इलेक्ट्रिकल पसलमा भएको आगलागी पीडित राजनकुमार साहलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

एक लाख एक हजार संकलन गरी व्यवसायी सुरक्षित कोषमार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको सङ्घ संस्थापक अध्यक्ष लालुप्रसाद अग्रवालले जानकारी दिए ।

आगलागीबाट राजन साहको पसल र घर जलेर क्षति भएको थियो । नगरप्रमुख देवनारायण साह, सङ्घका महासचिव अमृत सञ्चेती, सल्लाहकार बैजु जोशी, सदस्य सन्तोष सिन्हा, सुरेन्द्रप्रसाद साह, वडाध्यक्ष वीरेन्द्र यादव र स्थानीयको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको उनले बताए।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ३ : ४७ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी