अग्निपीडितलाई आर्थिक सहयोग « Khabarhub

अग्निपीडितलाई आर्थिक सहयोग


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बोदेबरसाइन– सप्तरी उद्योग वाणिज्य सङ्घ राजविराजले अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।

सङ्घले आज एक कार्यक्रम आयोजना गरी गत असार ३१ गते बोदेबरसाइन नगरपालिका–५ मा जिबिएन मोबाइल एण्ड इलेक्ट्रिकल पसलमा भएको आगलागी पीडित राजनकुमार साहलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

एक लाख एक हजार संकलन गरी व्यवसायी सुरक्षित कोषमार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको सङ्घ संस्थापक अध्यक्ष लालुप्रसाद अग्रवालले जानकारी दिए ।

आगलागीबाट राजन साहको पसल र घर जलेर क्षति भएको थियो । नगरप्रमुख देवनारायण साह, सङ्घका महासचिव अमृत सञ्चेती, सल्लाहकार बैजु जोशी, सदस्य सन्तोष सिन्हा, सुरेन्द्रप्रसाद साह, वडाध्यक्ष वीरेन्द्र यादव र स्थानीयको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको उनले बताए।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ३ : ४७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको