रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुन:निर्माण | Khabarhub Khabarhub

रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुन:निर्माण


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको दुई हजार २३ र उपल्लाचौरको दुई हजार चार साले सिँचाइ आयोजना पुननिर्माण भएको छ ।  

पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर बनाएर सिँचाइ आयोजना पुननिर्माण गरिएको हो । विसं २००४ मा निर्माण भएको नहरलाई चार साले र २०२३ मा निर्माण भएको आयोजनालाई तेईस साले सिँचाइ आयोजना नामकरण गरिएको छ । 

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत आयोजना पुननिर्माण भएको हो । उपल्लाचौर जल उपभोक्ता समितिका अध्यक्ष चन्द्रवीर थापाले पछिल्लो तीन आर्थिक वर्षमा रु ६० लाख बजेटबाट तीन सय ८० मिटर नहर र एक हजार ८२ मिटर पाइपलाइन जडान भएको बताए। 

‘विसं २०४८ मा बनाइएको पक्की नहर मुहान नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर-अर्जम-भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो’, उनले भने, ‘भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर पुननिर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ ।’ 

एक सय ५० घरधुरी कृषकको करिब पाँच सय रोपनी जमिनमा १२ महिना सिँचाइ सुविधा पुगेको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको २२ लाख बजेटबाट एक हजार पाँच सय ७४ मिटर पाइपलाइन जडान, मुहानमा दुइ वटा इन्टेक र ३० थान ग्यावीन पर्खाल बनाएर २३ साले सिँचाइ आयोजनाको पुननिर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ । 

समितिका सचिव ओम रोकाले पाइपलाइन जडान गरेपछि बर्खाको समयमा नहर बगाउने समस्या हटेको बताए। रत्नेचौरको २५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उनले बताए। २३ साले सिँचाइ आयोजना मर्मत सम्पन्न भएपछि ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा सहज रुपमा आएपछि रत्नेचौरका किसानले असार महिनाभित्रमै धान रोपाइँ सकेका स्थानीय शंकर महतले बताए। 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : २१ बजे

उषाकिरणको आक्रोश– नानीहरूका हत्याराहरू एक मिनेट पनि सरकारमा बस्नु हुन्न

काठमाडौं– जेन–जी समूहले सोमबार गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको

जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पेसागत बुद्धिजीवी विभाग प्रमुख

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो