‘होस्टेल ३’बाट फिल्ममा डेब्यू गर्दै ‘माग्ने बुढा’का छोरा आशिष « Khabarhub

‘होस्टेल ३’बाट फिल्ममा डेब्यू गर्दै ‘माग्ने बुढा’का छोरा आशिष


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘होस्टेल ३’बाट केदार घिमिरे ‘माग्ने बूढा’का छोरा आशिषले ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।  वर्कसप जारी रहेको यस फिल्मको निर्माण पक्ष र आशिषबीच कागजी सम्झौता भइसकेको छ । 

निर्देशक सशान कँडेलका अनुसार आशिष फिल्म शीर्ष मध्येको एक भूमिकामा अनुबन्ध भएका हुन् ।

उनले भने, ‘फिल्ममा बहुसङ्ख्या प्रमुख पात्रहरू छन् ।  होस्टेलमा बसेर अध्ययन गर्नेहरूमध्ये एकजना पुरुष कलाकारको थप आवश्यक थियो ।  हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ ।’

आशिषले यसअघि टेलिसिरियल  ‘मेरी बास्सै’मा अभिनय गरेका थिए । ‘धन्धुकारी’को भूमिकामा उनी सो समय चर्चामा पनि थिए । 

त्यस्तै फिल्ममा  ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्ध भएकी छन् । उनी थिएटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन् । 

भदौ २१ बाट छायांकनमा निस्कने तयारीमा निर्देशक कँडेल रहेका छन् । छायांकन अगावै फिल्मको प्रदर्शन मिति आगामी फागुन १६ गतेलाई तोकिएको छ । 

यसअघि फिल्मका पारस बम ‘कुल बोइ’ रिहान गिरी, पदम तामाङलगायत अनुबन्ध भइसकेका छन् । निर्माण पक्षले कही दिनअघि उनीहरु वर्कसपमा बसेको फोटो सार्वजनिक गरेको थियो । 

यो फिल्मको कथा निर्देशक कँडेल आफैँले लेखेका हुन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्य बन्ने यस फिल्मको कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : ५० बजे

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १