‘होस्टेल ३’बाट फिल्ममा डेब्यू गर्दै ‘माग्ने बुढा’का छोरा आशिष « Khabarhub

‘होस्टेल ३’बाट फिल्ममा डेब्यू गर्दै ‘माग्ने बुढा’का छोरा आशिष


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘होस्टेल ३’बाट केदार घिमिरे ‘माग्ने बूढा’का छोरा आशिषले ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।  वर्कसप जारी रहेको यस फिल्मको निर्माण पक्ष र आशिषबीच कागजी सम्झौता भइसकेको छ । 

निर्देशक सशान कँडेलका अनुसार आशिष फिल्म शीर्ष मध्येको एक भूमिकामा अनुबन्ध भएका हुन् ।

उनले भने, ‘फिल्ममा बहुसङ्ख्या प्रमुख पात्रहरू छन् ।  होस्टेलमा बसेर अध्ययन गर्नेहरूमध्ये एकजना पुरुष कलाकारको थप आवश्यक थियो ।  हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ ।’

आशिषले यसअघि टेलिसिरियल  ‘मेरी बास्सै’मा अभिनय गरेका थिए । ‘धन्धुकारी’को भूमिकामा उनी सो समय चर्चामा पनि थिए । 

त्यस्तै फिल्ममा  ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्ध भएकी छन् । उनी थिएटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन् । 

भदौ २१ बाट छायांकनमा निस्कने तयारीमा निर्देशक कँडेल रहेका छन् । छायांकन अगावै फिल्मको प्रदर्शन मिति आगामी फागुन १६ गतेलाई तोकिएको छ । 

यसअघि फिल्मका पारस बम ‘कुल बोइ’ रिहान गिरी, पदम तामाङलगायत अनुबन्ध भइसकेका छन् । निर्माण पक्षले कही दिनअघि उनीहरु वर्कसपमा बसेको फोटो सार्वजनिक गरेको थियो । 

यो फिल्मको कथा निर्देशक कँडेल आफैँले लेखेका हुन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्य बन्ने यस फिल्मको कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया