‘देवी’को टिजरमा निर्मला पन्तको घटना ! « Khabarhub

‘देवी’को टिजरमा निर्मला पन्तको घटना !


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २१ देखि प्रदर्शनमा आउने फिल्म ‘देवी’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शनिबार १ मिनेट ३० सेकेण्ड लामो टिजर युट्युबमार्फत सार्वजनिक गरेको हो । 

फिल्म समाजमा घट्ने बलात्कार, त्यसको अनुसन्धानमा कानुनले पार्ने प्रभाव र निम्त्याउने परिणामको कथामा बनेको टिजरबाट बुझ्न सकिन्छ । फिल्ममा केही वर्षअघि बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना पनि समावेश भएको प्रष्ट हुन्छ। 

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । उनले अजय गौतमसँग मिलेर कथा लेखेका छन् ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपानेलगायतको अभिनय रहेको छ । 

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यो फिल्मले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ६ : २४ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका