नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द | Khabarhub Khabarhub

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द भएको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।’

च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उनले बताए। १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकारपछि हट्ने संकेत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए ।

सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । उनीहरूले प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन् ।  

मन्त्रालयकानुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब रु एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ६ : ४२ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड