रास्वपाको बन्द कार्यशाला : असोजमा राष्ट्रिय भेला, वैशाखमा महाधिवेशन गर्न सुझाव « Khabarhub

रास्वपाको बन्द कार्यशाला : असोजमा राष्ट्रिय भेला, वैशाखमा महाधिवेशन गर्न सुझाव


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द कार्यशालाले आगामी असोजमा राष्ट्रिय भेला र २०८२ वैशाखमा राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यशालाले राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते र २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न केन्द्रीय समितिलाई सुझाव दिएको हो।

पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला आज सम्पन्न भएको छ । कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्यमान्यतालगायत छ विधामा छलफल भएको उनको भनाइ छ । यस्तै, पार्टीको महाधिवेशन आगामी वैशाखको तेस्रो सातामा आयोजना गर्ने निर्णय भएको छ ।

विधन संशोधन सुझाव कार्यदलको प्रतिवेदन आगामी भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गरिने भएको छ । पार्टीको जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरी जिल्ला तदर्थ समिति गठन गर्ने, पार्टीको वाचापत्रलगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने निर्णय पनि कार्यशालाले गरेको छ ।

शासकीय स्वरुपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधन समेतको विषयलाई दृष्टिगत गरी पार्टीको अवधारणा तयार गर्ने, जनआवाज अभियान सञ्चालन गरी देशभरिको जनगुनासा तथा मुद्दाहरू सङ्कलन गर्ने, सदनमा उठाउने र कार्यान्वयन भए/नभएको अनुमगन गर्ने विषय समेत उल्लेख भएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुआत गर्ने, चरणबद्ध रुपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्ने, आगामी साता सातै प्रदेशमा बन्द कार्यशाला आयोजना र केन्द्रीय बन्द कार्यशालामा सहभागी भएका नेताहरू सहजीकरणका लागि सहभागी हुने रास्वपाले जनाएको छ ।

पार्टीको अर्थ व्यवस्थापन समितिको विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’को अवधारणा लागू गर्ने, विधेयक मन्थन विभागलाई संसद्मा दर्ता भएका विधेयकबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव सङ्कलन गर्नेलगायत विषय कार्यशालाले केन्द्रीय समितिलाई सुझावका रुपमा प्राप्त भएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ८ : ५९ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको