आईसीसी विश्वकप लिग–२ : अभ्यास खेलमा आज नेपाल र श्रीलंका भिड्ने « Khabarhub

आईसीसी विश्वकप लिग–२ : अभ्यास खेलमा आज नेपाल र श्रीलंका भिड्ने


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दैछ ।

श्रीलंकाको डेभलपमेन्ट टोलीसँग खेल्ने तीन एकदिवसीय अन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार आज बिहान सवा १० बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार र अन्तिम खेल बिहीबार खेल्नेछ ।

यसअघि दोस्रो खेल बिहीबार र तेस्रो तथा अन्तिम खेल शनिवार हुने तय भएकाेमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो ।

यस अभ्यास खेल पछि नेपाली टोली क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : २९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज