पृथ्वीबारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा « Khabarhub

पृथ्वीबारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरङ्गहरूको विश्लेषणबाट पृथ्वीबारे आश्चर्यजनक नतिजा फेला पारेका छन् ।

अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औँठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औँठी आकारको क्षेत्र देखिएको छ । यो क्षेत्र ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै पृथ्वीको तरल कोर भित्र अवस्थित छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयू) का वैज्ञानिकहरूले यसलाई डोनट अर्थात् गोलो आकारको रूपमा वर्णन गरेका छन् । वैज्ञानिकहरूका अनुसार पृथ्वीको तरल कोर भित्रको संरचना तल्लो अक्षांशमा मात्र पाइन्छ र भूमध्य रेखासँग समानान्तर हुन्छ ।

साइन्स एड्भान्सेसमा प्रकाशित अध्ययन अनुसार पृथ्वीमा दुईवटा कोर तह छन् । भित्री कोर जो ठोस तह हो र बाहिरी कोर तरल हो । आवरणले पृथ्वीको कोरलाई घेरेको छ ।

नयाँ खोजले पृथ्वीको बाहिरी कोरको माथिल्लो भागमा रिङ्ग आकारको क्षेत्र समावेश छ, जहाँ तरल कोरले आवरणलाई भेट्छ । यो खोज गर्ने अनुसन्धान टोलीले ठूला भूकम्पबाट उत्पन्न हुने तरङ्गहरूको विश्लेषण गरेको थियो ।

भूभौतिकशास्त्री प्रोफेसर हार्भोजे टकालसीसले यी तरंगहरू पृथ्वीबाट गुज्रिन्छन्, जसले वैज्ञानिकहरूलाई यसको आन्तरिक संरचनाको बारेमा जानकारी दिने बताएका छन् ।

उनका अनुसार शोधकर्ताहरू तरल कोरको बाहिरी भाग र आवरणको बीचमा जाने भूकम्पीय छालहरू कसरी सुस्त हुन्छन् भन्ने कुरामा केन्द्रित थिए । उनले भने, ‘ती छालहरूको बाटो र तिनीहरूको बित्ने समय हेरेर हामीले पृथ्वीको बाहिरी भागमा छालको यात्रालाई पुनर्निर्माण गरेका छौँ ।

भूमध्य रेखासँग समानान्तर केन्द्रित रिङ्ग क्षेत्र
वैज्ञानिकहरूका अनुसार छालहरू सुस्त हुँदा यसको बाहिरी कोरमा भूमध्य रेखासँग समानान्तर केन्द्रित रिङ्ग आकारको क्षेत्र पत्ता लाग्यो ।

भूकम्पको तुरुन्तै अवलोकन गर्नुको सट्टा, वैज्ञानिकहरूले झट्का केही घण्टा पछि छालहरू बीचको समानताको विश्लेषण गरे । अध्ययनका सहलेखक डा. सियाओलोङ माले भने, यो खोजले पृथ्वीको चुम्बकीय क्षेत्रको गतिशीलताका केही रहस्यहरू उजागर गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ९ : ४६ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन