पृथ्वीबारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा | Khabarhub Khabarhub

पृथ्वीबारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरङ्गहरूको विश्लेषणबाट पृथ्वीबारे आश्चर्यजनक नतिजा फेला पारेका छन् ।

अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औँठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औँठी आकारको क्षेत्र देखिएको छ । यो क्षेत्र ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै पृथ्वीको तरल कोर भित्र अवस्थित छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयू) का वैज्ञानिकहरूले यसलाई डोनट अर्थात् गोलो आकारको रूपमा वर्णन गरेका छन् । वैज्ञानिकहरूका अनुसार पृथ्वीको तरल कोर भित्रको संरचना तल्लो अक्षांशमा मात्र पाइन्छ र भूमध्य रेखासँग समानान्तर हुन्छ ।

साइन्स एड्भान्सेसमा प्रकाशित अध्ययन अनुसार पृथ्वीमा दुईवटा कोर तह छन् । भित्री कोर जो ठोस तह हो र बाहिरी कोर तरल हो । आवरणले पृथ्वीको कोरलाई घेरेको छ ।

नयाँ खोजले पृथ्वीको बाहिरी कोरको माथिल्लो भागमा रिङ्ग आकारको क्षेत्र समावेश छ, जहाँ तरल कोरले आवरणलाई भेट्छ । यो खोज गर्ने अनुसन्धान टोलीले ठूला भूकम्पबाट उत्पन्न हुने तरङ्गहरूको विश्लेषण गरेको थियो ।

भूभौतिकशास्त्री प्रोफेसर हार्भोजे टकालसीसले यी तरंगहरू पृथ्वीबाट गुज्रिन्छन्, जसले वैज्ञानिकहरूलाई यसको आन्तरिक संरचनाको बारेमा जानकारी दिने बताएका छन् ।

उनका अनुसार शोधकर्ताहरू तरल कोरको बाहिरी भाग र आवरणको बीचमा जाने भूकम्पीय छालहरू कसरी सुस्त हुन्छन् भन्ने कुरामा केन्द्रित थिए । उनले भने, ‘ती छालहरूको बाटो र तिनीहरूको बित्ने समय हेरेर हामीले पृथ्वीको बाहिरी भागमा छालको यात्रालाई पुनर्निर्माण गरेका छौँ ।

भूमध्य रेखासँग समानान्तर केन्द्रित रिङ्ग क्षेत्र
वैज्ञानिकहरूका अनुसार छालहरू सुस्त हुँदा यसको बाहिरी कोरमा भूमध्य रेखासँग समानान्तर केन्द्रित रिङ्ग आकारको क्षेत्र पत्ता लाग्यो ।

भूकम्पको तुरुन्तै अवलोकन गर्नुको सट्टा, वैज्ञानिकहरूले झट्का केही घण्टा पछि छालहरू बीचको समानताको विश्लेषण गरे । अध्ययनका सहलेखक डा. सियाओलोङ माले भने, यो खोजले पृथ्वीको चुम्बकीय क्षेत्रको गतिशीलताका केही रहस्यहरू उजागर गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ९ : ४६ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून