पौराणिक कथामा आधारित फिल्म ‘डीएनए’ घोषणा « Khabarhub

पौराणिक कथामा आधारित फिल्म ‘डीएनए’ घोषणा


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक्सन थ्रिलर जनरामा फिल्म ‘डीएनए’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको निर्देशक चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त निर्देशन गर्ने बताइएको छ ।

निर्माण पक्षले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी दिएको हो । निर्देशक पुनका अनुसार यो फिल्म पौराणिक कथामा आधारित छ ।

पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेमा अर्का निर्देशक त्रिपाठीले आशावादी छन् ।

यस फिल्म नयाँ प्रयोगको रूपमा निर्माण गरिने निर्देशकद्वयको भनाइ छ । फिल्मको छायाङ्कन आउँदो फागुनमा सुरु गर्ने योजनामा निर्माण पक्ष छ।

फिल्म निर्माण कम्पनीले फोनिक फ्लिकले बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्यमा ‘डीएनए’ निर्माण गर्न लागेको हो ।

फिल्ममा कलाकारहरू र अन्य टिमको जानकारी केही समयपछि दिइने बताइएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : १४ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात