‘भैरहवा र महेन्द्रनगर हवाई रुटबारे भारत सकारात्मक भएको छ’ | Khabarhub Khabarhub

‘भैरहवा र महेन्द्रनगर हवाई रुटबारे भारत सकारात्मक भएको छ’


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत भ्रमणका क्रममा हवाई रुटबारे सकारात्मक छलफल भएको बताएकी छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै उनले यस्तो बताएकी हुन् ।

‘मैले भारतसँग नयाँ हवाई रुटबारे कुरा राखेकी छु । टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको छ’, उनले भनिन्, ‘भैरहवा र महेन्द्रनगर हवाई रुटबारे भारतसँग कुरा भएको छ।’

त्यस्तै उलेन पन्चेश्वरबारेमा सहमति लगभग अन्तिम चरणमा पुगेको बताउँदे अब काम अघि बढाउने कुरा भएको जानकारी दिइन् ।

नेपाल भारत प्रवुद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदनबारे कुनै छलफल नभएको भन्दै उनले उपयुक्त समयमा कुरा गर्ने उल्लेख गरेकी छन् ।

त्यस्तै भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणासहितको सन्देश हस्तान्तरण गरिएको पनि उनले बताइन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ३५ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि