राजदूत सिफारिस समावेशी नभएपछि संसदीय समितिको प्रश्न, परराष्ट्रमन्त्रीले भनिन्, ‘आईएम सरी’ « Khabarhub

राजदूत सिफारिस समावेशी नभएपछि संसदीय समितिको प्रश्न, परराष्ट्रमन्त्रीले भनिन्, ‘आईएम सरी’


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत सिफारिस गर्दा समानुपातिक-समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

सभापति राजकिशोर यादवको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणाको गत भदौ २ गतेदेखि भएको भारत भ्रमणबारे छलफल भएको थियो ।

यस्तै, राजदूत नियुक्तिमा समावेशी-समानुपातिक सिद्धान्तलाई लत्याइएको भन्दै सांसदहरूले सरकारमाथि प्रश्न उठाएका थिए ।

‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ लाई मध्यनजर गरी आगामी दिनमा विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस गर्दा समानुपातिक-समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकार्षण गराउने निर्णय भएको छ’, समितिले आफ्नो निर्णयमा भनेको छ ।

यस विषयमा बैठकमा परराष्ट्रमन्त्री राणाले समावेशी र समानुपातिक नभएको स्वीकारेकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले राजदूत सिफारिस गर्दा अबका दिनमा ख्याल गर्ने बताउँदै माफी मागिन् ।

सांसदहरूले राजदूत नियुक्ति समावेशी नभएकोमा प्रश्न उठाएपछि राणाले जवाफ दिएकी हुन् । ‘अर्को पटक नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौँ। यसपटक समावेशी भएन, आई एम सरी’, उनले भनिन् ।

सरकारले १६ साउनको मन्त्रिपरिषद् बैठकबाट १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ चलिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ४७ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन