चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण


१८ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद सुशीला थिङले सिन्धुलीको मरिन गाउँपालिका–७ बाह्रबिसेमा चट्याङका कारण गोठालो जाँदा चन्द्रबहादुर माझीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भनिन्, ‘पहिलेको तुलनामा बढी चट्याङ पर्नाका कारण जलवायु परिवर्तन रहेछ, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो १० वर्षमा २० हजार तीन सय ८० चट्याङ पर्दा आठ सय ६६ जनाले ज्यान गुमाउनु परेको रहेछ, दुई हजार पाँच सय ७५ जना घाइते भएको रहेछ ।’

उनले पछिल्लो १० वर्षभित्रमा चट्याङका कारण तीन हजार दुई सय ४५ पशुचौपायाको क्षति भएको र तीन हजार ७५ घर परिवार प्रभावित भएको तथ्यसमेत प्रस्तुत गरिन् ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार बर्सेनी औसतमा ७७ जनाले चट्याङको कारण ज्यान गुमाएको सांसद थिङको भनाइ छ ।

‘यो तथ्य हेर्दा कहालीलाग्दो भएका कारण सरकारले तत्काल चट्याङको जोखिम क्षेत्र अध्ययन गरी चट्याङको जोखिम न्यूनीकरण गर्न, न्यूनीकरणको उपाय तथा पूर्व तयारी तत्काल गरियोस् भनी म नेपाल सरकारसँग जोडदार माग गर्दछु’, उनले भनिन् ।

उनले पछिल्लो समयमा भएको अविरल वर्षाका कारण मदन भण्डारी राजमार्गको सिन्धुली जिल्ला कमलामाई नगरपालिका–१ अन्तर्गत २० मिटर सडक दुई फिट भासिँदा सडकमुनि रहेका पाँच घर जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले तत्काल उक्त सडक मर्मत गर्न सडक विभागको ध्यानाकर्षण गराउँदै उक्त जोखिममा रहेका घरपरिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिन् ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  २ : ३४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या