बालेन्द्रलाई सुनिताले कार्यपालिका बैठकमै भनिन्- जनता घेर्न आउन थाले, कार्यशैली सुधारौँ « Khabarhub

बालेन्द्रलाई सुनिताले कार्यपालिका बैठकमै भनिन्- जनता घेर्न आउन थाले, कार्यशैली सुधारौँ


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् ।

बुधबार बसेको ३५ औँ कार्यपालिका बैठकलाई सम्बोधनका क्रममा उपमेयर डंगोलले महानगरको नेतृत्वको भूमिका र कार्यशैलीका कारण जनता आतंकित भएको बताइन् ।

‘अहिले जनता एकदमै आतंकित भएको, त्रसित भएको महसुस गरेका छौँ । हिजो मात्रै जनता महानगरको कार्यालयमा घेर्न आएका थिए । अहिले वडाहरूका कार्यालय जनताले घेर्न थालेका छन्’, उनले भनिन्, ‘सम्मानित अदालतले गरेको आदेशलाई हामीले सम्मान गर्नुपर्छ । सम्मान गर्ने क्रममा, कार्यान्वयन गर्ने क्रममा कसरी जाने भन्ने हेक्का राख्नुपर्छ । हामीले जनतालाई कुनै माध्यमबाट सुसूचित गर्ने कुरामा पनि कसरी लेखिएको छ भन्ने महत्वपूर्ण हुन्छ । एउटा शब्दमै खेल्ने कुरा धेरै हुन्छ । प्रमुखस्तरीय निर्णयअुनसार सूचना प्रकाशित गरिएको भनिएको छ। तर महानगरको निर्णय हो कि होइन भन्ने हेक्का राखौँ ।’

उनले महानगरका कुनै पनि निर्णय संवेदनशील हुने र जनतासँग, उनीहरूका भावनासँग जोडिएका हुनेतर्फ मेयर साहलाई सचेत गराएकी छन् ।

‘महानरमा सानोभन्दा सानो कुरामा छलफल हुन्छ भने यस्तो संवेदनशील विषयमा थाहा नपाउने हुनु भएन । हामीले सूचनाबाट थाहा पाउने भन्ने कुरा ठीक होइन । हामीले क्षतिलाई कसरी काम गर्न सकिन्छ भन्ने पनि सोचौँ’, उनले भनिन्, ‘अदालतले गरेको निर्णय सदैव जनतको हितमा हुन्छ भन्ने पनि छैन । एउटा निर्णय भएको छ भने हामी पुनरावलकोनमा जानुपर्छ । यस्ता गम्भीर इस्युमा जनता सडकमा आइसकेपछि त्यसलाई डिफेन्स गर्ने होइन । पहिले नै जनतालाई सुसूचित गरौँ, हामीबीच बढी भन्दा बढी सहकार्य र छलफल हुनु आवश्यक छ। यदि त्यसो नहुने हो भने समस्या हुन्छ।’

उनले जनभावनाविरुद्ध महानगरको नेतृत्व गएको भनेर जनताले बुझ्न थालेका पनि बताइन् । ‘यो निर्णय मेरो पनि हो भनेर हामी हरेकले अपनत्व लिन छलफल हुनुपर्छ । पहिले नै थाहा हुनसके हामीले जनतालाई बुझाउनुपर्छ । यस्तो संवेदनशील विषयमा आफूखुसी निर्णय नगरौँ’, उनले भनिन्, ‘अरुलाई मात्रै यो गल्ती भएको छ भनेर सुधार भन्ने कि आफू पनि सुशासनको बाटोमा लाग्ने ?’

उपमेयर डंगोलले बजारमा आर्थिक ऐन आइसकेपछि गलत सूचना जान थालेकोतर्फ पनि ध्यानाकर्षण गराइन् । ‘अहिले हामीलाई वडामा गाह्रो भएको छ भन्न थालेका छन् । राजस्व समितिले बसेर निर्णय गरिसकेपछि प्रमाणीकरणका लागि पठाइसकेछि, सम्पत्ति कर कसरी लिने भनेर पठाइसकेपछि विवरण फेरिएर आउँदा हामी आफैं सरप्राइज हुनुपर्ने अवस्थाको जिम्मेवार को हुने ? वेबसाइटमा पठाइएको ड्राफ्टमा फरक हुन्छ भने छलफल हुनुपर्छ कि पर्दैन ?’

उनले महानगरका निर्णयहरू हतारमा गरेर फुर्सदमा पछुताउने अवस्था आउन नदिने बताएकी छन् । यदि महानगरको नेतृत्वले आफूखुसी निर्णय गर्ने हो भने आफूले त्यसलाई नमान्ने पनि बताएकी छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले