चन्द्र भण्डारी भन्छन्- सरकार यसैगरी अघि बढे व्यवस्था संकटमा पर्छ, काँध थाप्न सक्दैनौँ « Khabarhub

चन्द्र भण्डारी भन्छन्- सरकार यसैगरी अघि बढे व्यवस्था संकटमा पर्छ, काँध थाप्न सक्दैनौँ


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अघि बढेमा व्यवस्था संकटमा पर्नसक्ने चेतावनी दिएका छन् ।

मंगलबार) प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यथास्थितिमै सरकार अगाडि बढिरहे व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि आफू पाँच वर्ष जेल बसेको बताएका भण्डारीले नेतृत्वको असक्षमताको भारी अब बोक्न नसकिने पनि बताएका छन् ।

‘यही तरिकाले सरकार जान्छ भने लोकतान्त्रिक व्यवस्थामाथि पनि संकट निम्तिन्छ । त्यसबेला संकट नेतृत्वमाथि पनि पर्छ । संकट मुलुकमाथि पनि पर्छ’, उनले भने, ‘त्यसकारण सरकारले गफ होयन, काम गरेर देखाउनुपर्छ । म व्यवस्थाका लागि लडेको व्यक्ति हुँ । पाँच वर्ष जेल बसेँ । पिटाई पनि खाएँ । तर, नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौँ भन्दा पनि हामीले जवाफ दिनुपर्ने ? यो भारी अब हामी बोक्न सक्दैनौँ ।’

भण्डारीले निर्माण व्यवसायीले सरकारी भुक्तानी नपाउँदा विकास रोकिएको पनि बताए । उनले व्यवसायीहरूको एक अर्ब निकासा गरिदिने हो भने करस्वरुप सरकारकै कोषमा ३८ करोड बढी आउने पनि जिकिर गरे ।

भण्डारीले सरकारले अर्थतन्त्र चलायमान बनाउनै नचाहेको जिकिर गरे । बैंकमा पैसा थुपारेर सरकार बसेका कारण अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको दाबी भण्डारीको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : २७ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने