चिनियाँ अर्थतन्त्रका सूचक लगातार घट्दै « Khabarhub

चिनियाँ अर्थतन्त्रका सूचक लगातार घट्दै


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा अर्थतन्त्रका सूचकहरु लगातार घट्दै गएको पाइएको छ । चीनको  राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ताको विश्वास सूचकांक ३० वर्षयताकै न्यून विन्दुमा छ ।

त्यसबाहेक त्यहाँको औद्योगिक उत्पादन जुलाई महिनामा पनि घटेको छ । यो सूचक लगातार तीन महिनादेखि घट्दै गएको रोयटर्सले जनाएको छ । त्यसैगरी, त्यहाँको खुद्रा माग पनि घटेर २ देखि २।५ प्रतिशतमा खुम्चेको छ ।

जनसाङ्ख्यिक हिसाबमा पनि त्यहाँको अवस्थामा सुधार नआएको पाइएको छ । सन् २०२४ को पहिलो ६ महिनामा त्यहाँ केबल ३४ लाख ३० हजार जोडीले विवाह गरेका छन् । अघिल्लो दशकको सोही अवधिको तुलनामा यो आधा रहेको नागरिक मामिला मन्त्रालयले उल्लेख गरेको छ ।

जुलाई महिनामा नयाँ घरको मूल्यमा झण्डै ५ प्रतिशतले गिरावट आएको छ । जुन १३ महिनादेखि लगातार घटिरहेको छ । चीनमा सन् २०२४ मा घरजग्गाको कारोबारमा १५ प्रतिशतको गिरावट आउने एसएण्डपीको अनुमान छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ३३ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको