अन्तर्राष्ट्रिय

चिनियाँ अर्थतन्त्रका सूचक लगातार घट्दै

By खबरहब

September 03, 2024

काठमाडौं- चीनमा अर्थतन्त्रका सूचकहरु लगातार घट्दै गएको पाइएको छ । चीनको  राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ताको विश्वास सूचकांक ३० वर्षयताकै न्यून विन्दुमा छ ।

त्यसबाहेक त्यहाँको औद्योगिक उत्पादन जुलाई महिनामा पनि घटेको छ । यो सूचक लगातार तीन महिनादेखि घट्दै गएको रोयटर्सले जनाएको छ । त्यसैगरी, त्यहाँको खुद्रा माग पनि घटेर २ देखि २।५ प्रतिशतमा खुम्चेको छ ।

जनसाङ्ख्यिक हिसाबमा पनि त्यहाँको अवस्थामा सुधार नआएको पाइएको छ । सन् २०२४ को पहिलो ६ महिनामा त्यहाँ केबल ३४ लाख ३० हजार जोडीले विवाह गरेका छन् । अघिल्लो दशकको सोही अवधिको तुलनामा यो आधा रहेको नागरिक मामिला मन्त्रालयले उल्लेख गरेको छ ।

जुलाई महिनामा नयाँ घरको मूल्यमा झण्डै ५ प्रतिशतले गिरावट आएको छ । जुन १३ महिनादेखि लगातार घटिरहेको छ । चीनमा सन् २०२४ मा घरजग्गाको कारोबारमा १५ प्रतिशतको गिरावट आउने एसएण्डपीको अनुमान छ ।