आज २०८१ साल असोज १७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १७ गते बिहीबारको राशिफल


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज १७ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर ३ तारिख। असोज शुक्ल पक्षको प्रतिपदा तिथि। नवरात्र आरम्भ, घटस्थापना। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दक्षिण पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारले सकारात्मक साथ दिनाले मन शान्त बन्नेछ।

वृष : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। प्रतिस्पर्धी साथी तपाईंका विरुद्धमा सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले साथ दिनेछन्।

मिथुन : आफ्नै बोलीका कारण आफन्त टाढा हुनेछन्। पेटसम्बन्धी समस्या बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। ठुला उद्योगको सुरुवात नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछ।

कर्कट : लगानीका क्षेत्रमा बन्धुको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। छिमेकमा भएका शुभकार्यमा आकर्षण बढ्नेछ। विदेशी लगानीमा तपाईंको सुझाव रहनेछ। शुभ ग्रहको साथ रहेकाले दिन सहज बन्नेछ।

सिंह : तपाईंले गरेको लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। बन्धुले संकटमा साथ दिनेछन्। परिवारको साथ मिल्नेछ। दिन शान्तसँग बित्नेछ।

कन्या : तपाईंको प्रभाव साथीभाइमा बढ्नेछ। आफ्नै राशिमा चन्द्रमा रहेकाले सबैले तपाईंको प्रशंसा गर्नेछन्। भाग्यको उदय हुनका लागि आफूभन्दा सानो उमेरको साथीसँग सहकार्य गर्नु राम्रो हुनेछ।

तुला : तपाईको प्रतिभाको सम्मान हुनेछ। गला र कलाको प्रशंसा हुने दिन छ। परिवारमा भने संकट आइपर्न सक्छ। बन्धुको तर्फबाट अप्ठेरो अवस्थामा राम्रो साथ मिल्नेछ। महत्त्वकांक्षी इच्छा पूरा हुन नसक्दा मन अशान्त हुनेछ।

वृश्चिक : आम्दानीका हिसाबले दिन राम्रो छ। लगानीका क्षेत्रमध्ये स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कालो धनको उपयोग गरेको आरोप लाग्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

धनु : दिन सहज छ। साथीभाइले सोचेको भन्दा बढी सहयोग गर्नेछन्। कार्यस्थानमा शुभ ग्रह भएकाले साथी र संगठनको बलमा ठुलो काम बन्नेछ। परिवारको तर्फबाट भने धोका हुने जोखिम छ।

मकर : शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। सचेत नभएमा चोरी हुने जोखिम छ। धार्मिक क्षेत्रमा तपाईंको मन जानेछ। अप्ठेरो समयमा परिवारको साथ मिल्नेछ।

कुम्भ : सोचेका काममा बाधा र अड्चन आइपर्ने जोखिम छ। गन्तव्यमा जान नपाउँदा छटपटी बढ्नसक्छ। दक्षिण-पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा सक्रिय भएमा माया पाइनेछ।

मीन : तपाईंले सोचेका काममा बाधा नहुने दिन छ। भगिनी संघ र संस्थाबाट मान र सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा गुण र दोषको आधारमा परिवारले साथ दिनेछन्।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ५ : ०६ बजे

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित