प्रथम स्याउ मेला सुरु, ३७ भेराइटी डिस्प्लेमा « Khabarhub

प्रथम स्याउ मेला सुरु, ३७ भेराइटी डिस्प्लेमा


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौंआजदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१)) सुरु भएको छ । होटल मनाङ, ठमेलको सहकार्यमा किसान भेन्चरले आयोजना गरेको मेला होटल मनाङमा सुरु भएको हो । 

आगामी शनिबारसम्म चल्ने उक्त मेलामा ३७ वटा भेराइटी डिस्प्ले गरिएको किसान भेन्चरका सीईओ राजेश कार्कीले जानकारी दिए । यद्यपि, केही भेराइटी भने बाटोमै रोकिएको उनको भनाइ छ ।

 ‘धेरै भेराइटीका स्याउ आइसकेका छन् । तर केही भने बाढीपहिरोका कारण अवरुद्ध सडकका कारण बाटोमै रोकिएका छन्, साँझ–भोलि बिहानसम्म सबै आइपुग्छु’ उनले भने । 

प्रदर्शनमा ३७ प्रजातिका स्याउ राखे पनि बिक्री भने ८ प्रजातिका मात्रै गरिने उनले जानकारी दिए । होटल मनाङमा विभिन्न सेसनसहित मेला सुरु गरिएकोमा स्याउको बिक्री कक्ष उत्पला क्याफे बौद्धमा पनि राखिएको छ ।

नेपाल एप्पल फेस्ट २०२४ को उद्देश्य नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्नु, विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवं नेपालमा कृषिको सम्भावनालाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ । 

भेन्चरको प्रथम आँप मेला भएकोमा त्यसपश्चात् आयोजना गरिएको यो दोस्रो कार्यक्रम हो । महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनमा राखिएका छन् ।

गाला, फुजी, रेड डेलिसियस र गोल्डेन स्याउका एप्पल स्मुथ, एप्पल पानीपुरी, एप्पल लेमन मिन्ट, मनाङ एप्पल सलाद, एप्पल चिकेन विथ राइस, एप्पल पनिर विथ राइस, एप्पल पाई, एप्पल टार्ट, एप्पल आइसक्रिम, एप्पल केकलगायत ११ भन्दा बढी परिकारहरुको स्वाद प्रदर्शनीस्थलमा चाख्न पाइनेछ । 

तीन दिनसम्म चल्ने मेलामा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न र स्याउ खरिद गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १२ : ४५ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर