बङ्गलादेशले भारतसहित पाँच देशका राजदूत फिर्ता बोलायो | Khabarhub Khabarhub

बङ्गलादेशले भारतसहित पाँच देशका राजदूत फिर्ता बोलायो


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बङ्गलादेशको अन्तरिम सरकारले भारतका लागि राजदूतसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई तुरुन्त ढाका फर्किन भनिएको छ ।

भारतबाहेक अष्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसङ्घका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो ।

पछिल्लो समय बङ्गलादेशमा ठूलो राजनीतिक परिवर्तन भएको छ । केही हप्ताको आन्दोलनपछि यहाँ नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । 

आन्दोलनका बीच तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएर देश छाड्नुपरेको थियो । उनी अहिले पनि भारतमा रहेको बताइएको छ । 

यसअघि बङ्गलादेशले बेलायतका आफ्नो राजदुत सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : १३ बजे

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर– ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर निर्यात गर्ने लक्ष्य

कोलम्बो– श्रीलङ्काको निर्यात विकास बोर्ड (ईडीबी) ले सन् २०२५ मा

अर्थसंक्षेप : सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन, २७ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक

एथेन्सस्थित सिरियाली दूतावासमा विद्रोही समूहको झण्डा

रोम– एथेन्सस्थित सिरियाली दूतावासमा विद्रोहीको झण्डा फहराइएको छ । एथेन्समा

दमास्कसस्थित इरानी दूतावासमा आक्रमण

तेहरान- दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका