लिजेन्ड एल क्लासिको कतारमा हुँदै « Khabarhub

लिजेन्ड एल क्लासिको कतारमा हुँदै


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाको प्रतिद्वन्द्विता विश्व फुटबलमै परिचित रहेको छ । 

दुवै क्लबबीच प्रतिष्पर्धाका कारण क्लब मात्र होइन विश्वभरका दुवै क्लबका फ्यानहरू पनि विभाजित रहेका छन् । यसैबीच दुवै क्लबका पूर्व खेलाडीहरू एक अर्काविरुद्ध भिड्ने भएका छन् ।

‘लिजेन्ड एल क्लासि’ को नाम दिइएको यो भिडन्त आगामी नोभेम्बर २८ मा कतारमा हुने भएको हो । कतारको दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा हुने यस खेलको टिकट बिक्रि अक्टोबर १० देखि शुरु हुने बताइएको छ ।

रियल र बार्सिलोनाका लिजेन्ड खेलाडी एक आपसमा पहिलो पटक खेल्न लागेका भने होइनन् । यस अघि दुई पटक लिजेन्ड एल क्लासिको भैसकेको छ । पहिलो पटक २०१७ मा भएको खेल बार्सिलोना लिजेन्डले ३-२ ले जितेको थियो भने त्यसपछि २०२१ मा भएको खेलमा रियल म्याड्रिड ३-२ ले नै विजयी भएको थियो ।

अब कतारमा हुने यो खेल तेस्रो लिजेन्ड एल क्लासिको हुने भएको छ ।

आयोजकले यो खेल दुवै क्लबको इतिहास, खेलप्रतिको लगाव र प्रतिद्वन्दितालाई सेलिब्रेट गर्ने अवसर भएको बताएका छन् । लिजेन्ड एल क्लासिकोमा सहभागी हुने खेलाडी बारे भने अझै निश्चित नभएको र सहभागी हुने खेलाडीको सूची छिट्टै सार्वजनिक गरिने आयोजकले बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  २ : १७ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि