लिजेन्ड एल क्लासिको कतारमा हुँदै « Khabarhub

लिजेन्ड एल क्लासिको कतारमा हुँदै


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाको प्रतिद्वन्द्विता विश्व फुटबलमै परिचित रहेको छ । 

दुवै क्लबबीच प्रतिष्पर्धाका कारण क्लब मात्र होइन विश्वभरका दुवै क्लबका फ्यानहरू पनि विभाजित रहेका छन् । यसैबीच दुवै क्लबका पूर्व खेलाडीहरू एक अर्काविरुद्ध भिड्ने भएका छन् ।

‘लिजेन्ड एल क्लासि’ को नाम दिइएको यो भिडन्त आगामी नोभेम्बर २८ मा कतारमा हुने भएको हो । कतारको दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा हुने यस खेलको टिकट बिक्रि अक्टोबर १० देखि शुरु हुने बताइएको छ ।

रियल र बार्सिलोनाका लिजेन्ड खेलाडी एक आपसमा पहिलो पटक खेल्न लागेका भने होइनन् । यस अघि दुई पटक लिजेन्ड एल क्लासिको भैसकेको छ । पहिलो पटक २०१७ मा भएको खेल बार्सिलोना लिजेन्डले ३-२ ले जितेको थियो भने त्यसपछि २०२१ मा भएको खेलमा रियल म्याड्रिड ३-२ ले नै विजयी भएको थियो ।

अब कतारमा हुने यो खेल तेस्रो लिजेन्ड एल क्लासिको हुने भएको छ ।

आयोजकले यो खेल दुवै क्लबको इतिहास, खेलप्रतिको लगाव र प्रतिद्वन्दितालाई सेलिब्रेट गर्ने अवसर भएको बताएका छन् । लिजेन्ड एल क्लासिकोमा सहभागी हुने खेलाडी बारे भने अझै निश्चित नभएको र सहभागी हुने खेलाडीको सूची छिट्टै सार्वजनिक गरिने आयोजकले बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  २ : १७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो