भारतसँग पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण सम्झौता | Khabarhub Khabarhub

भारतसँग पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण सम्झौता


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण परियोजनाका लागि सम्झौता भएको छ ।

पाइपलाइन र भण्डारण गृह निर्माण गर्न नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच बिहीबार भारतको दिल्लीमा सम्झौता भएको निगमले जानकारी दिएको छ । 

यो सम्झौताअुनसार सिलगुढीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन, बारास्थित अमलेखगन्जको पाइपलाइन चितवनसम्म विस्तार र झापामा इन्धन भण्डारण गृह बनाउन इन्डियन आयल कर्पोरेसनले करिब १५ अर्ब अनुदान दिने भएको छ। 

सम्झौता पत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट र आईओसी पाइपलाइन परियोजनाका मेनेजिङ डिरेक्टर सेन्थल कुमारले हस्ताक्षर गरेका छन् ।

तीनवटा परियोजना आइओसीले अनुदानमा बनाइदिने भएको छ । चितवनको भण्डारणस्थल निगमको लगानीमा निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : ४९ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३