बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण बनाउन कांग्रेसको माग | Khabarhub Khabarhub

बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण बनाउन कांग्रेसको माग


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षाबाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन, र पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत सरकारलाई ध्यानाकर्षण गरेको छ ।

सरकार प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी  र शिक्षकको समस्या केन्द्रीत हुनुपर्ने विभागको भनाई छ।  

कांग्रेस शिक्षा विभागको सचिवालय बानेश्वरमा बसेको बैठकले वर्षाका कारण भएका भौतिक तथा मानवीय क्षतिका प्रति संवेदनशील बनेर आवश्यक कार्य थाल्न सरकारसँग अनुरोध गरेको छ । 

शिक्षा विभागको तर्फबाट केही शैक्षिक सामाग्रीहरू प्रदान गरी शिक्षण सिकाइ क्रियाकलापलाई सहजीकरण गर्न सहयोग गर्ने निर्णय समेत विभागले गरेको छ । साथै, शिक्षा नीति निर्माण गर्न देशभरका ६,७४३ वडा, ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रबाट सुझाव समेट्ने निर्णय गरेको छ ।साथै यस अघिको निवर्तमान विभागले तयार गरेको डकुमेन्टलाई समेत आधार बनाएर थप विमर्श चलाउने पनि काँग्रेसको निर्णयमा छ।

आज बसेको बैठकले संसद्‌मा थन्किएर बसेको विद्यालय शिक्षा विधयकमाथि सरोकारवालाहरुसंगको थप छलफल गरेर विधेयक पास गर्नुपर्ने र शिक्षा भित्रका विद्यमान रहेका समस्या समाधान गर्न संसद् र राजनीतिक दलहरूसँग माग गरेको छ । 

साथै, संविधानले सुनिश्चित गरेको निशुल्क स्वास्थ्य र शिक्षाको प्रावधान अक्षरसः लागू हुनुपर्ने र जीवन उपयोगी शिक्षालाई सीपसंग, सीपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने विषय कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय गरेको संयोजक नैनसिंह महरले बताए ।

 नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षाबाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन, र पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत  सरकारलाई ध्यानाकर्षण गरेको छ । प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी  र शिक्षकको समस्या केन्द्रीत हुनुपर्ने विभागको भनाई छ।

साथै, संविधानले सुनिश्चित गरेको निशुल्क स्वास्थ्य र शिक्षाको प्रावधान अक्षरशस् लागु हुनुपर्ने र जीवन उपयोगी ९व्यवहारीक० शिक्षालाई सीपसंग, सीपलाई उत्पादन र उत्पादनलाई बजारसंग जोड्ने विषय कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय गरेको संयोजक नैनसिंह महरले बताए । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : ५४ बजे

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै

प्रचण्डको फोटो जलाएपछि पक्राउ परेका राप्रपाका नेता रिहा

काठमाडौं – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएपछि पक्राउ परेका

‘डोरी’को ट्रेलरमा डोरीको खोजी

काठमाडौं – चैत १५ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘डोरी’को

विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरण गर्नुपर्नेमा प्रधानन्त्रीको जोड

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ – आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल