चाडपर्वमा जुवा तास र लागूपदार्थ नियन्त्रण गर्न प्रहरीको निर्देशन « Khabarhub

चाडपर्वमा जुवा तास र लागूपदार्थ नियन्त्रण गर्न प्रहरीको निर्देशन


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुनसरी– चाडपर्वको बहाना बनाएर जुवा तास खेल्ने खेलाउने, मादक पदार्थ सेवन गरेर हो हल्ला गर्ने र लागूऔषधको कारोबार गर्नेलाई शसक्तरुपमा नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले निर्देशन दिएका छन् । 

दशैं–तिहार लगायत चाडपर्वको वातावरणलाई मर्यादित, सुरक्षित र भयरहित बनाउने उद्देश्यले मातहतका जिल्ला प्रहरी प्रमुख र इलाका प्रहरी कार्यालय प्रमुखहरूलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका हुन् । उनले आम नागरिकहरूले गाउ-शहरमा चाड पर्वको खुशियालीको मनाइरहेको बेला अवाञ्छित गतिविधि, कालोबजारी, खुल्ला सीमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, अतीसबाजी तथा पटका जन्य पदार्थहरूको ओसार पसारलाई नियन्त्रण गर्न सीमा नाकाहरूमा कडाइका साथ चेकजाँच गर्न पनि निर्देशन दिएका छन् ।

उनले भने, ‘चाडपर्वको बहाना पारेर जथाभावी खेलिने तास, जुवा, जाँड रक्सी सेवन, लागूऔषधको प्रयोगलाई पूर्णरुपमा नियन्त्रण गर्न सबै प्रहरीले आफ्नो भूमिका पुरा गर्नु आवश्यक छ ।’ 

प्रदेश प्रहरी प्रमुख खापुङले फरार प्रतिवादी पक्राउ अभियान चाडपर्वको बेला नरोकिएर थप तीव्रताका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिए । साथै उनले मापसे चेकिङलाई कडाइका साथ निरन्तरता दिन र महत्त्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षामा ध्यान दिन पनि निर्देशन दिएका छन् ।

चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरूको आवतजावत बढी हुने हुँदा यात्रुहरूको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाउन र दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन पनि निर्देशन दिए । 

उनले चाडपर्वको पूर्व सन्ध्यामा मौसम प्रतिकुलताको कारण बाढी, पहिरो, डुबान जस्ता विपद्का घटनाहरू पनि भइरहेकाले यस विषयमा पनि प्रहरी संवेदनशील भई अन्य सुरक्षाका निकायहरूसँग समन्वय र सहकार्य गर्दै उपलब्ध सीमित साधन स्रोतको अधिकतम प्रयोगसहित परिचालन हुन पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ३ : ३१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल