बीपी राजमार्ग दशैंअघि नखुल्ने, चौकीडाँडा-कालढुंगा खण्ड तत्काल बनाउन मुस्किल « Khabarhub

बीपी राजमार्ग दशैंअघि नखुल्ने, चौकीडाँडा-कालढुंगा खण्ड तत्काल बनाउन मुस्किल


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुंगा खण्डमा बाढीका कारण सडक नै बगाएकाले दशैंअगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको हो ।

त्यसको विकल्पका रुपमा अन्य रुटहरुलाई सहज ढंगले सुचारु गर्ने काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिएका छन् ।

उक्त सडकखण्डमा पहाड काटेर सडक बनाउने अवस्था नरहेकाले पर्खाल नै उठाउनुपर्ने देखिएको उनले बताए ।

उनले बाढीका कारणबीच बाटोमा फसेका सवारीसाधानलाई निकाल्न खोला किनारमा नै अस्थायी सडक निर्माणको काम भइरहेको जानकारी दिए । द

दशैंअघि उपत्यका बाहिरिने अन्य राजमार्ग सुचारु हुने उनको भनाइ छ । शर्माले बाढीका कारण ८ स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको बताए ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीका कारण बीपी राजमार्ग अहिलेको जस्तो क्षति हुने कल्पना पनि नगरिएको बताए ।

उनले बाढीका कारण अवरुद्ध सडक सूचारु गर्न तीव्र रुपमा काम भइरहेको जानकारी दिए । मन्त्री दाहालले बिपदका बेला भाडादरमा हुने ठगि रोक्न निरन्तर अनुगमन हुने बताए ।

वर्षाका कारण आएको बाढीले ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।

अझै पनि ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । जसअनुसार अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड, बीपी राजमार्गको चौकीडाँडा–कालढुङ्गा खण्ड, पुष्पलाल मध्यपहाडी मार्गको दोलालघाट–राकथुमखण्ड, कान्ति राजपथको घपेली–बगुवाखण्ड र मेची राजमार्गको रमिते–फिदिमखण्ड अवरुद्ध छन् ।

बाढीले बगाएका सडक सुचारु गर्नका लागि अस्थायी संरचना बनाउन मात्रै करिब ३ अर्व लाग्ने अनुमान मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ४ : १९ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार