मलेसियामा बसेर युवतीको चरित्रहत्या, विमानस्थलमा उत्रिनेबित्तिकै पक्राउ « Khabarhub

मलेसियामा बसेर युवतीको चरित्रहत्या, विमानस्थलमा उत्रिनेबित्तिकै पक्राउ


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको छ ।

फरार प्रतिवादीका रुपमा रहेका सुर्खेत गुर्भाकोट नगरपालिका-५ निवासी २९ वर्षीय खगेन्द्र यरीलाई बुधबार प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा साथी बनेर कुराकानीका क्रममा म्यासेञ्जरमार्फत साटासाट गरिएका गोप्य तस्बिर अरुलाई दिएको आरोप उनीमाथि छ ।

ती युवकले सामाजिक सञ्जालमा फेक आइडी बनाएर आफन्त तथा साथीलाई ती गोप्य तस्बिर पठाई चरित्रहत्या गरेको आरोपसहितको उजुरीले पीडितले दिएकी थिइन् ।

उनको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्किने क्रममा पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको छ । उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा २०७९ वैशाख २३ गते साइबर ब्यूरोमा उजुरी परेको थियो ।

त्यहीकारण उनलाई फरार सूचीमा राखेर इन्टरपोलद्वारा रेड नोटिस पनि जारी गरिएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ४ : ३० बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको