चीनमा युवा बेरोजगारी दर यस वर्षकै उच्च | Khabarhub Khabarhub

चीनमा युवा बेरोजगारी दर यस वर्षकै उच्च


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा युवा बेरोजगारी यो वर्षकै उच्च रहेको पाइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार युवा बेरोजगारी १८.८ प्रतिशतरहेको छ ।

त्यसअघि सन् २०२३ को जुन महिनामा युवा बेरोजगारी दर २१.३ प्रतिशत पुगेको थियो । पछि ब्युरोले तथ्यांक निकाल्ने पद्धतीमा संशोधन गर्दै अध्ययन गर्ने तहका युवाहरूलाई समेट्न छाडेको थियो ।

यस वर्षको जुन महिनामा मात्रै झण्डै १ करोड २० लाख विद्यार्थी चिनियाँ विश्वविद्यालयबाट दीक्षित भएका छन् । यस्तो अवस्थामा बढ्दो बेरोजगारीलाई चिनियाँ श्रम बजारमा देखिएको तीव्र प्रतिस्पर्धाका रुपमा हेरिएको छ ।

गत मे महिनामा राष्ट्रपति सी जिन्पिङले मुलुकमा देखिएको युवा बेरोजगारीलाई नियन्त्रण गर्नु आफ्नो सबैभन्दा ठूलो प्राथमिकता हुने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ५ : ५६ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग