महिला भलिबलमा काठमाडौँले मधेशलाई हरायो « Khabarhub

महिला भलिबलमा काठमाडौँले मधेशलाई हरायो


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ । बिहिबार सम्पन्न खेलमा काठमाडौँले मधेशलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा मधेश युनाइटेडसँग २५-१५ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेको थियो । काठमाडौँले दोस्रो सेट २५-२३ मा जितेको थियो भने तेस्रो सेट २५-१५ र चौथो सेट २५-१८ ले जितेको थियो ।

यो जितपछि काठमाडौँको ४ खेलमा ९ अंक भएको छ र फाइनलको सम्भावना प्रबल रहेको छ । त्यस्तै मधेश युनाइटेडले भने लगातार चार खेलमा हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ ।

अब काठमाडौँले लिग चरणको अन्तिम खेलमा शुक्रबार कर्णाली यशविसको सामना गर्ने छ भने मधेशले गण्डकी थण्डर्सको सामना गर्ने छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : ४९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६