‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक (भिडियो) « Khabarhub

‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक (भिडियो)


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्ममा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा बनेको फिल्ममा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ ।

भिडियाे

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ३४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया