एसिया रग्बी प्रतियोगिता शुक्रबारदेखि « Khabarhub

एसिया रग्बी प्रतियोगिता शुक्रबारदेखि


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४’ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ १४ र महिलातर्फ सात टोलीको सहभागिता रहनेछ । इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको महासचिव घिमिरेले जानकारी दिए । पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् ।

यस्तै समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजकिस्तान, कतार, साउदी अरब र श्रीलङ्का तथा समूह ‘डि’ मा भारत, अफ्गानिस्तान, बङ्गलादेश र चाइनिज ताइपेईं रहेका छन् ।

महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलङ्का छन् । सबै टोली नेपाल आइसकेको महासचिव घिमिरेले जानकारी दिए। प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्णपदक, दोस्रो हुनेले रजत र तेस्रो हुनेले कास्य पदक प्राप्त गर्नेछन् ।

नेपालबाट महिलातर्फ सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् । यो प्रतियोगिता सन् २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा रहेको छ ।

प्रतियोगिताको विजेताले सन् २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउनेछन् । रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले नेपाली टोलीले करिब चार महिनाको तयारी गरेको बताए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा हुन लागेको उक्त प्रतियोगिताको पहिलो दिन ३० तथा दोस्रो दिन २० खेल खेलाइने छ । सिनियरस्तरको एसियाली रग्बी प्रतियोगितामा नेपालमा पहिलो पटक हुन लागेको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ९ : १९ बजे

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी