एसिया रग्बी प्रतियोगिता शुक्रबारदेखि | Khabarhub Khabarhub

एसिया रग्बी प्रतियोगिता शुक्रबारदेखि


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४’ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ १४ र महिलातर्फ सात टोलीको सहभागिता रहनेछ । इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको महासचिव घिमिरेले जानकारी दिए । पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् ।

यस्तै समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजकिस्तान, कतार, साउदी अरब र श्रीलङ्का तथा समूह ‘डि’ मा भारत, अफ्गानिस्तान, बङ्गलादेश र चाइनिज ताइपेईं रहेका छन् ।

महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलङ्का छन् । सबै टोली नेपाल आइसकेको महासचिव घिमिरेले जानकारी दिए। प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्णपदक, दोस्रो हुनेले रजत र तेस्रो हुनेले कास्य पदक प्राप्त गर्नेछन् ।

नेपालबाट महिलातर्फ सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् । यो प्रतियोगिता सन् २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा रहेको छ ।

प्रतियोगिताको विजेताले सन् २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउनेछन् । रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले नेपाली टोलीले करिब चार महिनाको तयारी गरेको बताए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा हुन लागेको उक्त प्रतियोगिताको पहिलो दिन ३० तथा दोस्रो दिन २० खेल खेलाइने छ । सिनियरस्तरको एसियाली रग्बी प्रतियोगितामा नेपालमा पहिलो पटक हुन लागेको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ९ : १९ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका