पशुपतिमा नवरात्री महोत्सव सुरु « Khabarhub

पशुपतिमा नवरात्री महोत्सव सुरु


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वडा दशैंको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ आजदेखि सुरु भएको छ ।

श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ ।

उक्त महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवद्धन निम्ति महोत्सव उपयोगी हुने बताए । उनले धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

परिषद्का अध्यक्ष रामसोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानको माध्यमबाट धार्मिक पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमार्फत धर्मशाला निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

यसअघि वनकालीलेखि बाग्मतीसम्म कलश यात्र गरिएको थियो । उद्घाटनको अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथो भजनकृतन गरिनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ९ : ४९ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको