इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण « Khabarhub

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकूहरूसँग लडिरहेका छन् र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका छन् ।

हिजबुल्लाह समूहको प्रभुत्व रहेको लेबनानभरका क्षेत्रहरूमा बमबारीपछि समूहको गढ रहेको दक्षिणी लेबनानका केही भागमा आफ्ना सैनिकहरूले ‘स्थलगत छापामार’ सुरु गरेको इजरायलले यसै साता घोषणा गरेको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बमबारीबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ र आर्थिक तथा राजनीतिक सङ्कटमा फसेको मुलुकमा लाखौँ मानिसलाई आफ्नो घर छाड्न बाध्य बनाएको छ ।

गाजामा हमासको अक्टोबर ७ को आक्रमणपछि युद्धरत इजरायलले आफ्नो उत्तरी सीमा सुरक्षित गर्न र गत वर्ष हिजबुल्लाहको आक्रमणले विस्थापित भएका ६० हजारभन्दा बढी मानिसको सुरक्षित फिर्तीको सुनिश्चितता गर्न आफ्नो ध्यान केन्द्रीत गरेको बताएको छ ।

इजरायली सेनाका अनुसार गाजा मोर्चामा तीन महिनाअघिको आक्रमणमा हमासका तीन वरिष्ठ नेता मारिएका थिए । यसमा युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लडाकू आन्दोलन सरकारका प्रमुख रहवी मुस्तहा पनि थिए ।

इजरायली सेनाले ‘बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयसँग सम्बन्धित लक्ष्यहरूमा’ आक्रमण गरेको बताएको छ । लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीले बेरुतको दक्षिणी उपनगरहमा तीनवटा हवाई आक्रमणको सूचना दिएको छ र हिजबुल्लाह नजिकको स्रोतले लक्ष्य समूहको मिडिया सम्बन्ध कार्यालयमा गरिएको र त्यो भवन खाली गरिएको बताएको छ ।

इजरायलले लेबनानी जनतालाई २० भन्दा बढी गाउँ र नबतियेह सहर खाली गर्न भनेको छ । “तपाईंको आफ्नै सुरक्षाका लागि तपाईंले तुरुन्तै आफ्नो घर खाली गर्नुपर्छ र अवाली नदीको उत्तरतर्फ जानुपर्छ, आफ्नो ज्यान बचाउनुहोस्”, इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले एक्समा भने ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १० : २६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो