पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गरेकी छन् । गोरखा म्युजिक काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो गीतको लोकार्पण गरेकी हुन् ।

गीतको लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले जलस्रोतको धनी देश नेपालले पानीको सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । उनले पानीको राम्रोसँग व्यवस्थापन गर्नसके मुलुकलाई प्रगतितर्फ डो¥याउन सकिने उल्लेख गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले अहिले मुलुक बाढी, पहिरोबाट आक्रान्त रहेको उल्लेख गर्दै सबै मिलेर विपद्मा सहयोग गर्नुपर्ने बताइन् । दुःख र सङ्कट परेका बेला सङ्गीतले व्यक्तिलाई आनन्द दिने उनको भनाइ थियो ।

कार्यक्रममा गीतका रचनाकार तथा गायक बमबहादुर कार्कीले पानीको महत्व उजागर गरेर गीत लेखेको बताइन् । “हामी पानी बिना एकछिन पनि रहन सक्दैनौँ । त्यसैले पानीलाई सम्झेर मैले गीत रचना गरेको हुँ”, उनले भनिन् ।

उक्त गीतमा कार्कीसहित अर्जुन सुनाम र लोचन भट्टराईको स्वर तथा सङ्गीत बिवी अनुरागीको रहेको छ । गीतको श्रव्यदृश्यमा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर र सगुन कार्कीले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १० : ५९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने