ब्रिङटनविरुद्ध जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा « Khabarhub

ब्रिङटनविरुद्ध जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा एक गोलले पछिपरेको लिभरपुल खेलमा फर्कँदै ब्रिङटनमाथि २–१ को जित हात पार्न सफल भएको छ।

खेलको ७२ औं मिनेटमा मोहम्मद सलाहले आकर्षक गोल गर्दै टोलीलाई जित दिलाए। यसअघि १४ औं मिनेटमा फर्डी काडिउग्लोको उत्कृष्ट फिनिसिङमा १४ औँ मिनेटमा ब्रिङटनले अग्रता लिएको थियो। ६९ औँ मिनेटमा कर्डी गाप्कोको क्रस सिधै गोलमा परिणत भएपछि लिभरपुल खेलमा फर्किएको थियो।

शनिबार भएका अन्य खेलमा इप्स र लिसेस्टरले १–१ गोलको बराबरी खेले। नटिङघम फरेस्टले वेस्टहामलाई ३–० ले हरायो भने साउथहाम्टन एभरटन माथि १–० को जित हात पार्न सफल भयो।

नटिङघम फरेस्टलाई जित दिलाउने क्रममा कृश उडले शानदार प्रदर्शन गरे। २७ औं मिनेटमा उनले टोलीलाई अग्रता दिलाएका थिए। चालु सिजनको यो उनको आठौँ गोल हो। ६५ औँ मिनेटमा कालुयम हडसन ओडाइले अर्को गोल गरे। ओला आइनाले ७८ औँ मिनेटमा गोल गरे।

अङ्क तालिकामा लिभरपुल १० खेलमा २५ अङ्क सहित शीर्ष स्थानमा छ। म्यानचेस्टर सिटी १० खेलमा २३ अङ्क सहित तेस्रो तथा नटिङघम फरेस्ट १० खेलमा १९ अङ्क सहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : २२ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : के-के गरिँदैछ ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६