विश्वकप लिग-२ : अमेरिकासँग नेपाल पराजित, सोमपालको अलराउण्ड प्रदर्शन « Khabarhub

विश्वकप लिग-२ : अमेरिकासँग नेपाल पराजित, सोमपालको अलराउण्ड प्रदर्शन


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – नेपाल आईसीसी विश्वकप लिग-२ को अर्को खेलमासमेत अमेरिकासँग स्तब्ध भएको छ। शनिबार राति अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३७ रनले हराएको हो।

२८२ रनको लक्ष्य पाएको नेपालले १ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २४४ रन बनायो। नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। १० ओभरमा ५० रन खर्चेर २ विकेट लिएका सोमपाल ४० औँ ओभरको तेस्रो बलमा गुलसन झा आउट भएपछि क्रिजमा आएका थिए। सो समयमा नेपालको स्कोर १६२ रन थियो।

उनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर आठौँ विकेटका लागि ७३ रनको साझेदारी गरे। ४७ औँ ओभरमा भान साचलविकको बलमा आउट हुनुअघि उनले २७ बलमा ४६ रन जोडेका थिए। यसक्रममा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए।

नेपालका अनिल शाहले ८० बलमा ५२ रनको योगदान गरे। ३८ बलमा ३१ रन जोडेको ऐरी अन्तिम विकेटको रूपमा नेत्रभालकरबाट आउट भए। सोमपाल भन्दा अघि धिमा गतिमा खेलिरहेका नेपालका कुशल मल्लले ५४ बलमा ३३ र कुशल भुर्तेलले ५१ बलमा २९ रन जोडे। आरिफ सेखले १३ बलमा २१ रन जोडेका थिए।

अमेरिकाका सौरभ नेत्रभालकरले ९.५ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए। नोत्सु केनित्जे र भान साचलविकले समान २ विकेट लिए। हरमित ८ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच बने।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २८१ रनको योगफल खडा गरेको थियो। अमेरिकाका लागि मोनान्क पटेलले ६७ तथा साइकेजा मतामेलाले ७५ रन जोडेका थिए। तर यी दुवै भन्दा हरमित सिंहले छिटो गतिमा रन बटुलेका थिए। उनले ४४ बलमा ५९ रन जोडे। उनको पारीमा ३ चौका र ३ छक्का समावेश थियो।

नेपालका गुलसन झाले ३ विकेट लिए। तर उनी महंगा सावित भए। १० ओभरमा ८७ रन खर्चिए। करण केसीले आफ्नो दोस्रो ओभर पुरा गर्न पनि नभ्याउँदै समस्या आएपछि उनले १० बल मात्र फ्याँके। उनले यस क्रममा २ रन मात्र खर्चेका थिए। सन्दीप लामिछानेले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए।

जितसहित अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ। १२ खेल खेलेका अमेरिका र क्यानडाको समान १६ अङ्क भए पनि अमेरिका रन रेटको आधारमा अघि छ। स्कटल्यान्ड १० खेलमा १३ अङ्क सहित तेस्रो, नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्क सहित चौथो र नामिबिया १२ खेलमा १० अङ्क सहित पाँचौँ स्थानमा छन्। ओमान ९ खेलमा ८ अङ्क सहित छैटौँ, नेपाल ११ खेलमा ५ अङ्कसहित सातौँ तथा संयुक्त अरब इमिरेट्स ८ खेलमा २ अङ्कसहित पुछारमा छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : ३३ बजे

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन्। मंगलबार

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्