बोर्नमाउथसँग पराजित भएसँगै ३२ खेलमा सकियो सिटीको अपराजित यात्रा « Khabarhub

बोर्नमाउथसँग पराजित भएसँगै ३२ खेलमा सकियो सिटीको अपराजित यात्रा


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी बोर्नमाउथसँग स्तब्ध भएको छ।

बोर्नमाउथले सिटीलाई २-१ ले हरायो। बोर्नमाउउथका लागि एन्टेनियो सेभिन्यो र एभानिन्सनले गोल गरे। साबिक विजेता सिटीको बोर्नमाउथसँग यो पहिलो हार हो। साथै क्लबको इङ्लिस प्रिमियर सिपमा ३२ खेलको अपराजित यात्रा सकिएको छ।

यो लामो खेलको अपराजित यात्रा ६ डिसेम्बर २०२३ बाट सुरु भएको थियो। अस्टन भिल्ला र आर्सनलसँग गरी पछिल्लो दुई खेलमा ४ अङ्क जोडेको बोर्नमाउथ नवौँ मिनेटमा मिलोस कर्केजको पासमा सेमेन्योले गरेको गोलमा अग्रता लिन सफल भएको थियो।

कर्केजकै पासमा ६४ औँ मिनेटमा एभानिल्सनले अर्को गोल गरे। ८२ औँ मिनेटमा जोस्को डिभार्डियोलको गोलमा सिटी खेलमा फर्कने प्रयास गरे पनि सफल भएन। सिटी १० खेलमा २३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको अर्को खेलमा उल्भ्स क्रिस्टलप्यालेसले २-२ गोलको बराबरी खेलेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : ५९ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा