हेरी केनको दुई गोलमा बायरनको शानदार जित | Khabarhub Khabarhub

हेरी केनको दुई गोलमा बायरनको शानदार जित


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्युनिख – हेरी केनले दुई गोल गर्नुका साथै अर्को एक गोलको अवसर सिर्जना गरेपछि बुन्डेसलिगाको शनिबार भएको खेलमा बायरन म्युनिखले युनियन बर्तिनलाई ३-० ले हराएको छ।

१५ औँ मिनेटमा माइकल ओलिसेलाई पेनाल्टी क्षेत्रमा फल गरेपछि पाएको पेनाल्टीलाई ३१ वर्षीय केनले गोलमा परिणत गरेका थिए। ४३ औँ मिनेटमा केनकै पासमा किङ्सले कोम्यानले गोल गरे। ५१ औँ मिनेटमा केनले अर्को गोल गरे।

चालु सिजनको बुन्डेसलिगामा केनले ११ गोल गरेका छन्। शीर्ष स्थानको म्युनिखको ९ खेलमा २३ अङ्क जोडेको छ।

शनिबार नै भएको खेलमा दोस्रो स्थानमा रहेको आरबी लेपिजा पराजित भएको छ। लेपिजाको ९ खेलमा नै २० अङ्क बनाएको छ। बोरुसिया डर्टमन्डले लापिजालाई २-१ ले हराएको छ। यसैगरी इन्ट्रयाक्टर फ्रान्कफर्टले बोकुमलाई ७-२ ले हरायो। सेन्ट पाउलीले होफेन हेमलाई २-० तथा होल्सटेन केमले हाइडेन हेमलाई १-० ले हरायो। उल्फबर्ग र अस्बर्गबिचको खेलमा १-१ गोलको बराबरी भयो।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : २९ बजे

काठमाडौं महानगरको नगरसभामा बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको