२४ वर्षीय युवाको लोभलाग्दो सफलता : फूल बेचेरै कमाउँछन् वार्षिक आठ लाख « Khabarhub

२४ वर्षीय युवाको लोभलाग्दो सफलता : फूल बेचेरै कमाउँछन् वार्षिक आठ लाख


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा (सुर्खेत)– सुर्खेतको भेरीगङ्गाका नगरपालिका-११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै पाँच लाखको फूल बेच्ने लक्ष्य राखेका छन् ।

भाइटीकाको अघिल्लो दिनसम्म समीरले करिब तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम चार सयमा बिक्री हुने गरेको छ ।

तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल बेच्ने लक्ष्य लिएको समिर बताउँछन् । ‘अहिले फूलको मूल्य पनि राम्रै छ, तिहारमा मात्रै पाँच लाखको बेच्ने मेरो लक्ष्य छ, त्यसको नजिकै छु’, उनले भने ।

२४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्दै छन् । आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकामदेखि पूर्वीक्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका-११ मा आठ रोपनी जमिनमा उनले विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिएका छन् ।

वार्षिक आम्दानी आठ लाखसम्म हुने गरेको समीरले सुनाए । उनले धेरैजसो सयपत्री फूल उत्पादन गरिरहेका छन् । ‘अरु समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबैभन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ’, समीरले भने ।

उनले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो । गत वर्ष सात लाख रकम आम्दानी गरेर हौसिएका समीर यसवर्ष दश लाख आम्दानीमा आशावादी छन्। । ‘गतवर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिएँ, यसवर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु’, उनले भने ।

समीरले वायो ग्रीन एग्रो प्रालि नामक फर्म दर्ता गरेर त्यहीमार्फत कारोबार गरिरहेका छन् । कारोबार राम्रै भए पनि बजारमा सस्तोमा पाइने प्लाष्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायी मारमा परेको उनको दुःखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ ।

‘हाम्रा लागि धेरै अवसरहरू नेपालमै छन् तर अलिकति मेहेनत गर्नुपर्छ, कमाउन विदेश जानुपर्छ भन्ने छैन । तर यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ ’, उनले अगाडि भने ।

उता भेरीगङ्गा नगरपालिका कार्यालयले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउने फूलमा कडाइ गरेको जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : ५७ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा