भारतको एकै राष्ट्रिय निकुञ्जमा तीन दिनभित्र मरे १० वटा हात्ती | Khabarhub Khabarhub

भारतको एकै राष्ट्रिय निकुञ्जमा तीन दिनभित्र मरे १० वटा हात्ती


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मध्य प्रदेश : भारतीय राज्य मध्य प्रदेशस्थित बान्धवगढ राष्ट्रिय निकुञ्जमा तीन दिनभित्रै दुर्लभ १० वटा हात्ती मरेका छन् ।

हात्तीको लगातार मृत्यु भइरहेपछि निकुञ्ज प्रशासनमाथि गम्भीर प्रश्न उठाइएको छ। हात्तीको मृत्युको कारण खुल्न नसक्दा अवस्था गम्भीर बनेको बीबीसीले उल्लेख गरेको छ ।

वन विभागको सुरुवाती जाँचको निष्कर्षमा कोदोमा लागेको ढुसीका कारण उत्पन्न हुने जैविक विषादी खाँदा यी हात्तीको ज्यान गएको खुलेको छ।

बान्धवगढ टाइगर रिज़र्भका उपनिर्देशक पीके वर्माले भने, ‘अहिले हामी परीक्षण प्रतिवेदन कुरिरहेका छौँ । त्यसपछि हात्तीको मृत्युको कारण खुल्नेछ । अहिलेसम्मको अवस्था हेर्दा हात्तीले कोदो बाली खाएका थिए । त्यसैबाट हात्तीलाई विषादीको काम गरेको देखिन्छ । ’

यस घटनामा विपक्षले सरकारमाथि गम्भीर आरोप लगाउँदै यसलाई वन विभागको लापरवाहीको नतिजा भनेको छ। उता प्रदेशका मुख्यमन्त्री मोहन यादवले यस प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् ।

वन विभागका अनुसार सबैभन्दा पहिले २९ अक्टोबरमा ४ वटा हात्ती मृत भेटिएका थिए । त्यसबेला अन्य ६ वटा हात्ती गम्भीर बिरामी अवस्थामा थिए । बिरामी हात्तीहरूको उपचार भइरहेको थियो । तर भोलिपल्ट मल्टिपल अर्ग्यान फेलियरका कारण अन्य चार हात्ती मरे । त्यसपछि ३१ अक्टोबरमा अरु दुई हात्तीले पनि प्राण त्यागे ।

यी सबै हात्ती निकुञ्जमा १३ वटा हात्तीका झुन्ड थिए । अब यो समूहमा बचेका तीनवटा हात्ती भने स्वस्थ छन् । भारतमा एकसाथ १० हात्तीको मृत्यु भएको यो पहिलो घटना हो । यसलाई लिएर केन्द्रस्तरसम्म गहन जाँच चलिरहेको छ ।

यसैबीच शनिवार केन्द्रीय पर्यावरण मन्त्रालयले पनि एक छानबिन समिति बनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार, पर्यावरण मन्त्रालयको वाइल्ड लाइफ कन्ट्रोल ब्यूरोले छानबिन समिति बनाएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ७ : २४ बजे

अफगानिस्तानविरुद्ध नेपाली युवा टोलीको रोमाञ्चक जित

काठमाडौं – नेपाली युवा टोलीले यूएईमा जारी यू-१९ एसिया कपको

कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाइदिन आग्रह

काठमाडौं –उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई

एलन मस्क भन्छन्- मंगल ग्रहमा ९ महिना होइन, ९० दिनमै पुग्न सकिन्छ

काठमाडौं– स्पेस एक्सका प्रमुख र सीईओ एलन मस्कले आफ्नो निर्णय

लेबनानमा भएको इजरायली हमलामा नौ जनाको मृत्यु

एजेन्सी – दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ

शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै

भोजपुर – यहाँ शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको